चैत १० गते शनिबारको तपाईको दैनिक तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० चैत्र २०८०, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० चैत १० गते शनिबार ई.सं.२०२४ मार्च २३ नेपाल सम्बत ११४४ चिल्लाथ्व त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, शूल योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:०४ बजे भयो भने सूर्यास्त साँझ ०६:१६ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नसोचेको काम बन्ने दिन छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ भने मिष्ठान्न भोजनको अवसर आउला । मित्रजनसँग रमाइलो पनि भेटघाट हुने योग छ । व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुनसक्छ । पराक्रम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): चुनौतीपूर्ण दिन छ । कुनै पनि महत्वपूर्ण काममा फुकी-फकी पाइला चाल्नु हितकर होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने योग भएकोले सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । आजको दिन खानपानमा पनि सजग रहनुपर्नेछ । अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ र आफन्तको साथ मिल्ने समय छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): विवेकको सही प्रयोग भइ चिताएको काममा सफलता पाइने समय छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सुखद रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका काम बन्ने र आयआर्जन हुने दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । यात्रागत कार्य सफल होला । आश मारेको रकम उठ्न सक्ने योग छ । मनमा कता कता हर्ष छाउला । दोडधुप बढेपनि मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आयबल बढ्ने र मित्रजनको साथ मिल्ने समय छ । घरमा पाहुना आगमन हुनसक्छ । धनलाभ होला, साथै रमाइलो यात्राको पनि योग रहेको छ । तथापि, आज टाढाको यात्रा र लेनदेको काम नगर्नु वेश हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): समय त्यति शुभदायी नरहेकोले विशेष सावधानीका साथ व्यवहार गर्नुहोला । स्वास्थ्यका लागि खानामा ध्यान राख्नुपर्नेछ । अनावश्यक रुपले धनको नाश हुन सक्छ । दाम्पत्य सम्बन्ध वा प्रेममा पनि धोका हुन सक्ने योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम गर्न मुस्किल पर्ला । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्य वृद्धि हुनेछ । आजको दिन मन हर्षित रहला । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । आहारविहारमा भने विशेष सतर्क रहनु हितकर हुनेछ । शुभ काममा आकर्षण बढ्नेछ भने कार्य व्यपारमा सफलता प्राप्त होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । अध्ययन-अध्यापनका सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । आफन्तजनसँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । शुभ काममा दौडधुप बढ्न सक्छ । आरोग्यता बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): साझेदारीको काम बन्ने समय छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित होला । काम गर्नमा जाँगर थपिने देखिन्छ । पारिवारिक सुख मिल्ने र धनार्जन हुने योग छ । ब्यापारमा पनि फाइदा नै हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलताप्राप्ति भने त्यति सहज नहोला । ब्यर्थै समयको नाश हुने र खर्च बढ्ने योग रहेकोले सोचेर मात्र काममा पाइला बढाउनु हितकर होला । मनमा उदासिन्ता बढ्ने र काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन्, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद आफ्नो दायित्व पूरा गर्नुहुनेछ । यात्रा सफल रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन सामाजिक काममा नाम रहने छ । जागिरमा भने सजक रहनु हितकर होला । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर मनमा भने दुविधा उत्पन्न हुन सक्ने दिन छ । प्रेममिलनको योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रेम र मित्रताको बन्धन कसिने समय छ । विभिन्न सहयोग र उपहार पाइएला । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । व्यस्तता र आरोग्यता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलास बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array