एमाले समाजवादी मोर्चामा सहभागी नहुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् । आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि अध्यक्ष ओलीले पार्टी समाजवादी मोर्चामा सहभागी नहुने बताए ।

भेटघाटपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले एमाले समाजवादी मोर्चामा सहभागी नहुने स्पष्ट पारे । एमाले समाजवादी मोर्चामा सहभागी हुने हो भनी सोधिएको प्रश्नमा उनले भने, ‘होइन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक विषयमा राम्रो कुराकानी भएको बताए ।

यसअघि शुक्रबार बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array