चैत ०८ गते बिहीबारको तपाईको दैनिक तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ चैत्र २०८०, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत ८ गते तद्अनुसार सन् २०२४ मार्च २१ तारीख बिहीबार फाल्गुन शुक्ल द्वादशी तिथि अश्लेषा नक्षत्र सुकर्म योग बब करण आनन्दादिमा अमृत योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ०६ः०९ मा भयो भने सूर्यास्त साँझ १८ः१५ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम बिग्रने डरले सताउने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा भने उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुऱ्याउनुहोला । समयमा सजग नबन्दा शुभचिन्तकहरू पनि टाढा हुन सक्ने योग छ । मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन रमाइलो जमघटले आनन्द दिलाउला । विछोडिएका आफन्त एवम् मित्रजनसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । अधिकारका लागि भने केही संघर्ष हुन सक्छ । आँटेका काममा बाधा दिन खोज्ने पनि भेटिएलान् । फजुल खर्च बढ्ने योग छ । मानसम्मान प्राप्त हुने समय छ । प्रेमभाव बढ्नेछ । आँट वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने समय छ । स्वास्थ्यमा पनि केही कमजोरी अनुभूति हुन सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन र आइपरेका समस्या सुल्झाउन सकिनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ तर बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । काम पूरा नभए पनि आंशिक फाइदा भने मिल्नेछ । सामाजिक उत्तरदायित्व वहन गरिएला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, सावधानी अपनाउनु हितकर हुनेछ । सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि राम्रै फाइदा हुने समय छ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्ने योग छ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ । खर्च बढ्न सक्छ, सचेत रहनुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): धन आर्जन हुने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइएला । नयाँ कामको प्रस्ताव आउने योग छ, साथै पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका जुर्ला । परिवारजनको साथले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले सताउन सक्छन्, सचेत रहनुहोला । कार्यगति र आयबल बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन अरूका काममा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । तथापि, आश मारेको काम बनेर उत्साह जाग्ने योग छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुपर्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अरूको भरपर्दा धोका मिल्ने समय भएपनि मेहनतको फल प्राप्त हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनका आवश्यकता पूरा हुनेछन् भने दिगो फाइदा हुने काममा लगानी गर्ने मौका मिल्ने योग छ । भाग्यबल बढ्नेछ । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिगो फाइदा हुने काममा लगानी गर्ने समय छ । विभिन्न सहयोग तथा उपहार प्राप्त होला । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । यात्रामा खर्च बढ्न सक्छ । चोटपटकमबाट बच्न विशेष ध्यान दिनु हितकर छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धनर्जन हुने दिन छ । गरिएका कामको राम्रै मूल्यांकन होला । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ भने प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । दामपत्य सुख वृद्धि हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): वादविवादमा परिने योग भएकाले आजको दिन बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर होला । आँट गर्न नसक्दा विशेष योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्न सक्छ । खर्चको अभाव महसूस होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । सामर्थ्य बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्ने समय छ, तथापि चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिएला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलिक अप्ठ्यारोमा परिएला, सचेत रहनुहोस् । प्रेमभाव बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array