चैत ०७ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ चैत्र २०८०, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० चैत ०७ गते बुधबार ई.सं.२०२४ मार्च २० नेपाल सम्बत ११४४ चिल्लाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल एकादशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, अतिगंड योग,वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:०७ बजे भयो भने सूर्यास्त साँझ ०६:१४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । मानसम्मान पनि पाइएला । आयआर्जनका स्रोत बढ्नेछन् । रोजगारीका लागि विभिन्न अवसर आउने समय छ । व्यस्तता वृद्धि हुनेछ । आरोग्यता रहला । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । एक्लोपनाको अनुभूति हुने समय छ । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ, धैर्य राख्नुहोला । सामाजिक प्रतिष्ठामा कमी आउनेछ भने काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला । अपजश मिल्ने सम्भावना छ । पारिवारिक समस्याको भने समाधान मिल्नेछ । रसरागमा आकर्षण रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन पारिवारिक समस्याहरू देखापर्नेछन् भने साझेदारीमा विवाद उत्पन्न हुन सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कन सक्छ । तथापि, परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । खर्च वृद्धि होला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ । तर, रोकिएका काम आज बन्नेछन् । विद्यार्थीहरूका लागि पनि अनुकूल समय छ । अतिरिक्त आम्दानी बढ्ने योग छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समाजसेवा र परोपकारका कार्य गरिने समय छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न पनि सकिनेछ । तथापि आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ । आफन्तजनसँग मनमुटाव बढ्न सक्छ । कर्मबल बढ्नाले कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन त्यति शुभदायी नरहला । स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्ने सम्भावना छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय अनुकूल देखिन्छ । कृषिसम्बन्धी व्यवसायमा फलदायी रहला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ भने घर-जग्गा जोड्ने मौका जुर्न सक्छ । अध्ययनका लागि विदेशयात्राको माग खुल्ने योग छ । विलासी काममा आकर्षण बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएका काम बन्न थाल्नेछन् । नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावना छ । व्यापार–व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । सोच्ने शक्ति बढ्ने छ । विरोधिजनले प्रशंसा गर्न थाल्नेछन् । मिठो भोजन प्राप्त हुनेछ भने आरोग्यता बढ्नेछ । दाम्पत्य सुख रहला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइने समय छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षामा प्रगति र साझेदारीमा फाइदा होला । शत्रुमाथि विजय हासिल हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउन सक्ने समय छ, सावधान रहनुहोला । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरणको सम्भावना छ । बुद्धि–विवेकको उपयोग गर्न नसकिएला । शक्तिमा अंकुश लाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्ने योग छ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्ने समय भएपनि सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने देखिन्छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ला । मातापिताका बारेमा चिन्ता बढ्नेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डा हुन सक्छ । विश्वासपात्रले धोका दिन सक्छ, होसियार रहनुहोला । वैदेशिक रोजगारीमा भएकालाई पनि केही समस्या आइपर्न सक्ने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): चुनौती बढे पनि विभिन्न अवसरले पछ्याउनेछन् । आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । पराक्रम र आरोग्यता बढ्नेछ । आफन्तको साथ भने कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array