प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ चैत्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

त्यसका लागि संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्छ। संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ ।

यसैगरी, अर्थमन्त्री बर्षमान पुनले ‘भन्सार बिधेयक २०८० माथि बिचार गरियोस्’ प्रस्तुत गर्नेछन्। साथै, आ.ब. २०८१-८२ को लागि बिनयोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसदका महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array