चैत ०६ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ चैत्र २०८०, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० चैत ०६ गते मंगलबार ई.सं.२०२४ मार्च १९ नेपाल सम्बत ११४४ चिल्लाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल दशमी,चन्द्रमा मिथुन राशिमा, पुनर्वसु नक्षत्र, शोभन योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:०८ बजे भयो भने सूर्यास्त साँझ ०६:१४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): स्वास्थ्यसम्बन्धी समस्याले सामान्य रूपमा सताउने समय छ । केही खर्च पनि बढ्ला । धेरै बोल्ने बानीले दुःख पाइने योग भएकोले अनावश्यक बोलीमा लगाम लगाउनु हितकर हुनेछ । सन्तान पक्षबाट खोजेजस्तो सहयोग नपाउदा पीडानुभूति हुनेछ, धैर्य राख्नुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ भने यात्रागत कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रम्ने अवसर जुर्न सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने समय छ । जाँगरमा सुधार आउला । आफन्तले पनि सहयोग गर्नाले रोकिएका कामहरु बन्न थल्नेछन् । आजको दिन आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्ने प्रयत्न गर्नु विशेष हितकर हुनेछ । समर्थन गर्नेहरू भेटिनेछन् । आरोग्यता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): काममा जोश-जाँगर बढ्नुका साथै आर्थिक एवम् समाजिक लाभ मिल्ने समय छ । गरिआएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धनलाभको योग छ । उद्योग, कलकारखानामा लगानी गर्दा विशेष फाइदा हुने देखिन्छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रा सफल रहनेछ । आफन्तको साथ मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । घरपरिवारबाट सुखशान्ति मिल्ला । आय वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । मिष्ठान्न भोजनको आनन्द मिल्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन त्यत्ति शुभदायी नरहला । सोचेअनुरुप काम नहुने र सापटी दिएको रकम फिर्ता नहुने योग छ । भौतिक साधनको खराबीले लक्ष्यप्राप्तिमा अवरोध पुग्ने समय छ । खर्च वृद्धि होला । काममा मन लगाएपनि उपलब्धि हातपार्न मुस्किल हुनेछ । धैर्य राख्नुहोला । बौद्धिक र कलात्मक काममा भने सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): शुभता र भाग्यबल बढ्नेछ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुने दिन छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । पारिवारिक सुख शान्ति समृद्धि बढ्ने समय छ । सन्तान पक्षबाट सुख प्राप्त होला । धन मान महत्वमा कमी आउनेछैन । कुनैपनि समस्याको समाधान मिल्ने योग छ । यात्रा सफल रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): धैर्यधारण गरी परिश्रम गर्ने दिन रहेको छ । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ । आत्मबल बढ्ला । जोखिम वृद्धिका बाबजुद ब्यापारमा सोचेअनुरुपको फाइदा हुनेछ । विलासी काममा आकर्षण बढ्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अधुरा काम सम्पन्न हुने दिन रहेको छ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतिबाट लाभ हुनुका साथै धर्मिक कार्यमा संलग्न हुने समय छ । नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहला । सुख–सुविधाको वस्तु खरिदमा खर्च होला । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): शारीरिक तथा मानसिक आलस्यता बढ्ने खालको समय छ । केही विवादमा परिने सम्भावना रहेकोले बोली र व्यवहारमा सचेतना अपनाउनु हितकर होला । मनमा अनावश्यक डर पैदा हुन सक्छ । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि आजको दिन काममा बाधा दिनेले खासै प्रगती हुन नदेलान् । घर–परिवारमा खटपट पर्न सक्छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने समय छ । बौद्धिक क्षेत्रमा सफलता मिल्ला । दाम्पत्य जीवन पनि सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । आरोग्यता रहनेछ । दिन रमाइलोको साथ बित्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): उत्साहजनक समय रहनेछ । मनमा सद्विचार आउनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता मिल्ने योग छ । पराक्रम र आरोग्यता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलास बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array