रुसको राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ चैत्र २०८०, सोमबार
1 Min Read
Aa

मस्को – रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन निर्वाचित भएका छन् । पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका हुन् ।

तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी)ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जितपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् ।

यसपटकको राष्ट्रपति चुनावमा ७१ वर्षीय पुटिन एकल दाबेदार थिए । यद्यपि प्रतिस्पर्धामा क्रेमलिनद्वारा समर्थित तीन उम्मेदवार थिए । उनीहरु सशक्त उम्मेदवार थिएनन् । पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको र अरु सशक्त उम्मेदवार कोही नहुँदा पुटिनको जित पहिल्यै सुनिश्चित थियो । उनका केही विरोधीहरु अहिले पनि जेलमै छन् ।

जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् । उनी विगत ३ दशकदेखि शक्तिमा रहेका छन् । यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर, सन् २००८ मा कार्यकालको अवधि ६ वर्षका लागि थप गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array