चैत ०५ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ चैत्र २०८०, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० चैत ०५ गते सोमबार ई.सं.२०२४ मार्च १८ नेपाल सम्बत ११४४ चिल्लाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल नवमी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, सौभाग्य योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:०९ बजे भयो भने सूर्यास्त साँझ ०६:१३ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज स्वास्थ्य केही कमजोर रहन सक्छ भने कार्यगतिमा सुस्तता आउने सम्भावना छ । नयाँ कामको थालनी आज नगर्नु हितकर होला । चाहनाविपरीत बाध्यताका काममा जुट्नुपर्ला । तथापि, शत्रुमाथि विजय प्राप्त हुने योग छ । मित्रभाव वृद्धि होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कामको सफलताले थप काम गर्ने हौसला मिल्ने समय छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्ने छ । मित्रजनको समर्थन पाइने छ । धनलाभ होला र, सामान्य खर्च पनि बढ्नेछ । रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयास जारी राख्नु बुद्धिमत्ता ठहरिनेछ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ भने परिवारमा पनि खुशीको माहोल छाउला । धन आर्जन हुने योग परेको छ । आर्थिक काम बन्नेछ । कर्मबल बढ्नेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन शुभदायी नै रहला । स्वास्थ्यमा सुधार आउनेछ भने अध्ययन–अध्यापनमा प्रगति हुनेछ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । उपलब्धिमुलक यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुने देखिन्छ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन सोचेअनुसार काम बन्न कठिन होला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । स्वास्थ्यको लागि खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । खर्च पनि बढ्ने योग रहेकोले सतर्कता अपनाइ आर्थिक व्यवहार गर्नु हितकर हुनेछ । मित्रजनको साथ मिल्नेछ । कुनै नयाँ कार्यमा हात हाल्नुभएको छ भने कार्य अघि बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): दौडधुप र कार्यजोखिम बढ्ने समय छ । तथापि, अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा बर्चस्व बढाउन सकिनेछ । पढाइलेखाइमा भने समय दिन नसकिएला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । मान–महत्वमा कमी आउनेछैन । यात्रा सफल रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्योदयको समय रहेको छ । व्यापार तथा उद्योगमा फाइदा मिल्ने समय छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने नसोचेको ठाउँबाट लाभ होला । दाम्पत्यसुख र आरोग्यता वृद्धि हुनेछ । शुभ काममा आकर्षण बढ्ला । धन सम्पदामा बढोत्तरी हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कामहरु सजिलैसँग बन्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । कतैबाट आर्थिक लाभ हुने योग छ, चनाखो भने रहनुपर्ने छ । पशुधन र जमिनबाट सामान्यमात्र लाभ होला । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सवल स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ने समय छ । आजको दिन सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्छ, सचेत रहनुहोला । काममा अरुको कममात्र भर पर्नृुृ हितकर होला । हातहतियारबाट जोगिन विशेष सचेत रहनु हितकर हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता बढ्नेछ । काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । आज जागीरमा पनि समस्या देखापर्ने योग छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ला । मान–सम्मान मिले पनि मनमा डर रहनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । कार्य–व्यवहारमा नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन मनोरञ्जनपूर्ण रहला । नवीन रोजगारीको सम्भावना छ । व्यापार र रोजगारीको क्षेत्रमा लाभ मिल्नेछ । आज यात्रागत कार्य भने स्थगन गरेकै राम्रो । नयाँ कुरा सिक्ने सोच पलाउला । पराक्रम र आरोग्यता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):  नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहला । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अरुले तपाइको तारिफ गर्न सक्छन् । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मान महत्व बढ्नेछ । सभा–समारोहमा भाग लिनुहुनेछ । आरोग्यता बढ्नेछ । आफन्तको साथ कमै मिल्नेछ । सुख–सुविधाको वस्तु उपलप्ध होला । कुनैपनि समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array