चैत ०३ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ चैत्र २०८०, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० चैत ०३ गते शनिबार ई.सं.२०२४ मार्च १६ नेपाल सम्बत ११४४ चिल्लाथ्व सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल सप्तमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, प्रीति योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:११ बजे भयो भने सूर्यास्त साँझ ०६:१२ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता बढेसँगै रोकिएका कामहरु बन्ने दिन छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । मित्रजनले राम्रो साथ दिनेछन् । खेतीपातीबाट लाभ मिल्ने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिने छ । नयाँ जिम्मेवारी पाइएला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): उत्साहवर्द्धक समय छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धनलाभ होला । प्रशंम्सा गर्नेहरु बढ्नेछन् । काममा जाँगर चल्नेछ, दिन रमाइलो साथ बित्नेछ । आय बढ्नेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । टाढाको यात्राबाट धनप्राप्त हुने योग पनि रहेको छ । आफन्तजनको सहयोग प्राप्त होला । अवसर आए पनि विचारेर मात्र नयाँ काम सुरु गर्नु हितकर हुनेछ । कर्मबल बढ्नेछ । समस्याको समाधान प्राप्त होला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज अनावश्यक रुपमा पैसा खर्च हुन सक्छ, नियन्त्रणको विशेष प्रयास गर्नुहोला । काम गर्नमा खासै मन नजाला । भौतिक साधनको क्षति हुने योग छ, सावधानी अपनाउनुहोला । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । घरायसी पीडाले डेरा जमाउन सक्छ । धर्मकर्ममा रुचि बढ्ला । रसरागको भाव वृद्धि होला । मिठो भोजन प्राप्त होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन काममा कठिनाइ सहनु पर्ला । चिताएको काममा सफलता नमिल्न सक्छ । मित्रजन रुष्ट हुने योग छ, सावधान अपनाउनुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । सवारी साधनको प्रयोगमा विशेष होसियारी अपनाउनुहोला । यात्राको सम्भावना छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): रुचिका विषयमा लगानी बढाउने समय छ । नसोचेको ठाउँबाट आम्दानी हुन सक्छ । आजको दिन आयआर्जन सन्तोषजनक रहने छ, तर पारिवारिक समस्या बढ्ने योग छ । तथापि, सहयोगीहरूले काममा साथ दिनेछन् । दाम्पत्यसुख बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने या आर्थिक लाभको दिन छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित होला । पुराना मित्रजनसँग भेट होला । काममा जाँगर चल्नाले मन प्रफुल्ल होला । आरोग्यता वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनु हितकर होला । अनायसै धन खर्च तथा क्षति हुने सम्भावना रहेकोले विशेष सावधान रही कार्य व्यवहार गर्नुहोला । परिवारजनमा असमझदारी बढ्न सक्छ । अभिभावकवर्ग रुष्ट हुन सक्छन, सचेत रहनु हितकर होला । आरोग्यता बढ्नेछ । दाम्पत्य सुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । तर, नोकरीमा झमेलाको सामना गनुपर्ने योग रहेकोले सावधानी अपनाउनु हितकर होला । ब्यापारमा लाभ मिल्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ला । शुभता बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गर्ने अवसर जुर्ला । सोचेको काम बन्नाले मन हर्षित हुने योग छ । मान्यजनको आगमन हुनुका साथै स्वादिष्ट भोजनको आनन्द पाइएला । मान-सम्मान बढ्नेछ, सुखको अनुभूति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । पराक्रम बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । सम्पत्ति बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पारिवारिक सुखमा रम्ने समय छ । राजनीति तथा नोकरीमा गरेका प्रयासहरु फलदायी रहनेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कुनै नयाँ कामको स्रोत फेला पर्ने योग छ, तर जागिरमा भने समस्या देखापर्न सक्छ । आरोग्यता बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने दिन छ । स्वास्थ्यका लागि खानपिनमा विशेष सावधान रहनु हितकर होला । भौतिक साधनको क्षति हुने योग रहेकोले सावधान रहनुहोला । सोच्दै नसोचेको ठाउँमा धन खर्च हुन सक्छ, होसियार रहनुहोला । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array