प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ चैत्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्ने भएकाे हाे ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतनिधि सभामा उत्पति भएको ‘सम्पति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्दन सबन्धी केही ऐनलाई संसोधन गर्ने बिधेयक २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल हुनेछ ।

- Advertisement -
Ad image

उपप्रधान एवं गृहमन्त्री रबि लामिछानेले ‘राजनैतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

साथै, आ.ब. २०८१/८२ को लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्