सन्दिपविरुद्धको बलात्कार मुद्दामा गौशला–२६ को तर्फबाट पनि पुनरावेदन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशला–२६ को तर्फबाट पनि उच्च अदालत पाटनमा पुनरावेदन परेको छ । उक्त मुद्दामा सन्दीपलाई अधिकतम सजाय हुनुपर्ने मागदाबीसहित सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन गरेको हो ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बालात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

जिल्ला अदालत काठमाडौंको उक्त फैसला उल्ट्याइ आफूलाई सफाइ दिन माग गर्दै सन्दीपले पुनरावेदन गरिसकेका छन् । जिल्ला अदालतको फैसलाविरुद्ध वादी/प्रतिवादी दुवै पक्षको पुनरावेदन परेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array