रूसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु भएको पुष्टि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।  परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत ७ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो ।

यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array