प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना हाजिर जमानीमा रिहा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपानेसहित १० जना हाजिर जमानीमा रिहा भएका छन् । कर्जा अपचलन गरेको आरोपमा राष्ट्र बैङ्कको आग्रहमा सिआइबीले उनीहरुलाई पक्राउ गरेको थियो ।

तत्कालीन सेन्चुरी बैंक र प्रभु बैंक मर्ज भएको थियो । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्। सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका उनीमाथि आरोप छ ।

- Advertisement -
Ad image

उनीहरुलाई हरेक दिन सीआईबीमा उपस्थित हुने शर्तमा हाजिरी जमानीमा छाडिएको हो । न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दीलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्