प्रधानमन्त्री दाहालले तेस्रो पटक पाए विश्वासको मत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्।

प्रतिनिधिसभाको आज(बुधबार)को बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७खसेको हो। मतदानमा २६८ सांसद उपस्थित भएका थिए।

- Advertisement -
Ad imageAd image

सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उक्त प्रस्तावको पक्षमा १५७ मत खसेको र सो मत प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्यको बहुमत पुगेकाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको घोषणा गरे।

प्रस्तावको विपक्षमा ११० मत खसेको छ भने तटस्थमा एक मत परेको छ।

प्रधानमन्त्री दाहालले गत वर्ष पुस १० गते एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेपछि पुस २६ मा विश्वासको मत लिएका थिए। त्यसबेला प्रतिनिधिसभाका २६८ सांसदहरुले उनको पक्षमा मतदान गरेका थिए भने विपक्षमा २ मत परेको थियो ।

फेरि गठबन्धन परिवर्तन गरेर कांगस्रेसँग सहकार्य गरेपछि चैत ६ गते दोस्रो पटक विश्वासको मत लिँदा उनको पक्षमा १७६ सांसदले मतदान गरे भने ८९ जनाले विपक्षमा मत दिएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्