कांग्रेसलाई प्रचण्डको जवाफ: हिम्मत भए एमालेसँग मिले हुन्छ, हामी प्रतिपक्षीमा बस्न डराउँदैनौं

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० फाल्गुन २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन चुनौती दिएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले नेपाली कांग्रेसले पटक पटक एमालेसँग मिलेर सरकार बनाए तपाईंको हालत के होला भनेर प्रश्न गरेको स्मरण गराउँदै एमालेसँग मिलेर सरकार बनाउन चुनौती दिएका हुन् । उनले एमाले र कांग्रेस मिलेमा आफ्नो दल प्रमुख प्रतिपक्षीको रुपमा बस्ने बताए ।

‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ? भनेर पहिले पनि भनियो, आज पनि भनियो’, उनले भने, ‘मेरो त कामना छ तपाईंहरू सबै मिल्नु भयो भने माओवादी प्रतिपक्षमा जान्छ। कांग्रेसका नेताहरूले त्यसो भनेर ठूला दलहरू मिल्दा माओवादी केन्द्र डराउँदैन।’

हिजो कांग्रेस र एमाले मिलेर आफूहरूको टाउको काट्न खोजेको पनि दाबी उनले गरे। ‘हिजो सबै मिलेर टाउको काट्न खोजेकै हो नि त’, उनले भने, ‘राजनीतिक रुपले हित र फाइदा हुन्छ भने गठबन्धनमा मिल्ने हो, विचार नमिले छाड्ने हो।’

प्रतिक्रिया दिनुहोस्

Array