फागुन ३० गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० फाल्गुन २०८०, बुधबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन ३० गते बुधबार ई.सं.२०२४ मार्च १३ नेपाल सम्बत ११४४ चिल्लाथ्व तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण शुक्ल तृतीया, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, एन्द्र योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:१५ बजे भयो भने सूर्यास्त साँझ ०६:११ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो होला । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य रूपमा सताउन सक्छ, सचेत रहनुहोस् । रोकिएका काम बन्नेछन् । अतिरिक्त आम्दानी बढ्ने योग छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन मिश्रित फलदायी रहला । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी हुने अवसर जुर्ला । कर्मयोगमा अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउने तथा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले महत्वपूर्ण काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ भने आफू केही कमजोर भएको अनुभूति होला । आफन्तजन पनि असन्तुष्ट हुन सक्छन् । तथापि, पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रियजनसँग भेटघाट र प्रसन्नताको समय भएपनि राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन्, सावधान रहनुहोला । सबैको बीच रहेर पनि एक्लोपनाको अनुभूति हुने योग छ । आजको दिन यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भागदौड बढ्नेछ तर आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर भने खस्कने समय छ । पारिवारिक समस्याहरू देखापर्न सक्छन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी रहला । रसरागको भाव वृद्धि हुने र मिठो भोजन प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रचनात्मक कामको माध्यमबाट आम्दानीको दिगो स्रोत जुट्न सक्ने समय छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । तर, आज बिनाकारण अनेक चुनौतीको सामना गर्नुपर्ने योग पनि छ । शत्रुमाथि विजय प्राप्त होला । सन्तानसुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आरोग्यता र पराक्रम बढ्नेछ । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्राको कार्य सम्पन्न हुने सम्भावना छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । तथापि, आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्ने योग छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन रोकिएका काम सुरु हुनेछन् । सन्तान पक्षबाट लाभ र सुख मिल्ला । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ भने स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने योग समेत रहेकोले सावधान रहनुहोला । झुटा आरोप आइलाग्न सक्छन् । प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल देखिन्छ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यस्तता बढ्नेछ तर धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । घरखर्च पनि बढ्नेछ । तथापि, साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । अध्ययन-अध्यापनमा राम्रो प्रगति होला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने योग छ । जीवनसाथी र सन्तानका तर्फबाट सन्तोष मिल्नेछ । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पराक्रम र आरोग्यता बढ्नेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । पढाइलेखाइको लागि अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार होल । विश्वासमा पारेर धोका दिनेहरूले सताए पनि रोकिएका काम बन्न थाल्नेछन् । भाग्यबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): साझेदारीमा पनि सम्बन्ध बिग्रनाले अप्ठ्यारोमा पर्न सकिने समय छ । तर, परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने योग रहेको छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ, सचेत रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । भाग्य बलवान् रहनेछ । सुख आनन्द बढ्ला । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array