मन्त्रीद्वय लामिछाने र पुनलाई प्रधानमन्त्रीको निर्देशनः व्यवसायीलाई आतङ्कित नबनाउनु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी, व्यवसायीको मनोबल गिर्ने गरी आतङ्कित नबनाउन गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई निर्देशन दिएका छन् । अर्थमन्त्री पुनले गृहमन्त्री लामिछाने र आफूलाई राखेर प्रधानमन्त्रीले व्यवसायीको मनोबल उठाउने गरी काम गर्न निर्देशन दिएको बताए ।

आज (मंगलबार) नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले अर्थमन्त्रीलाई भोटेको थियो । सोही क्रममा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई व्यवसायीको मनोबल गिर्ने र त्रासित बनाउने गरी कुनै पनि काम नगर्न निर्देशन दिएको उनले बताए ।

अर्थमन्त्री पुनले ढुक्क भएर लगानी गर्नसमेत उद्योगी व्यवसायीलाई आग्रह गरे । उनले आफूले मन्त्रालय सम्हालेको दिनदेखिनै देशको अर्थतन्त्र सुधार र व्यवसायीको हितको पक्षमा काम गरिरहेको बताए । अभिभावकीय भूमिकामा रहने सरकारले कुनै पनि उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने र तर्साउने काम नगर्ने उनको भनाइ छ । उनले कानुन विपरीतका काममा संलग्न भएकालाई भने कुनै पनि हालतमा उन्मुक्ति नदिनेसमेत प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Array