टी-२० सिरिजमा पपुवा न्युगिनीविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ । पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै पहिला ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । पपुवा न्युगिनीले आज नै यस खेलपछि हङकङकसँग खेल्नेछ । फाइनलमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब छ ।

पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ । अभिनाश बोहराको स्थानमा आकाश चन्द खेलेका छन् । अभिनाश बिरामी भएका छन् । टोलीमा अन्य परिवर्तन भने गरेको छैन ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: