कर्णाली पुलमा सल्केको आगो नियन्त्रणमा, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – कर्णाली पुलमा गुडिरहेको ट्रकमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन। ट्रकमा रहेका लाइटरका कारण दमकलबाट पानीको फोहराले आगो नियन्त्रणमा ल्याउन निकै कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्रकबाट पुलका लट्ठामा सल्केको आगो भने नियन्त्रणमा आएको छ । ट्रक जलेर नष्ट हुने अवस्थामा पुगेपनि आगो नियन्त्रणमा आएको छैन।

सोमबार दिउँसो लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको थियो। कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो।

आगलागीका कारण सवारीसाधनहरु सडकमै रोकिएका छन्। प्रहरीका अनुसार अहिले पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधन कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरिगाउँको वैकल्पिक मार्गमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array