प्रचण्डका भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने माओवादीको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ । दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइ हुन् । उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्य हुन् ।

यसअघि राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिने सहमति बनेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन भत्काएर एमालेसँग सहकार्य गरेपछि माओवादीको भागमा राष्ट्रिय सभाको अध्यक्ष परेको थियो । त्यस्तै, कांग्रेसले यसअघि कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन चाहेको भएपनि स्पष्ट बहुमत नभएको अवस्थामा युवराज शर्मालाई उम्मेदवार बनाएको छ ।

आफ्नो परिवारलाई मात्रै अवसर दिएको भनेर आलोचनाको सिकार बनेका प्रचण्डले फेरि एक पटक परिवारवादलाई प्रश्रय दिएका छन् । प्रचण्डमाथि आफ्ना छोरी, ज्वाइ र आफन्तलाई अवसर दिएको र पार्टीलाई परिवारवादमा विलिन गर्न खोजेको आरोप लाग्दै आएको छ ।

छलफलमा झक्कु सुवेदी, उर्मिला अर्याललगायतलाई उम्मेदवार बनाउने बारे चर्चा चलेको थियो । तर, अन्ततः नारायण सुवेदीकै नाम फाइनल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array