मुख्यसचिव अर्याललाई घर पठाउने प्रधानमन्त्री प्रचण्डको तयारी, होलान त आज बर्खास्त ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई हटाउने तयारी गरेका छन् । खासगरी अर्यालले अटेरी गरेको भन्दै प्रधानमन्त्री दाहाल प्रचण्डले आजै एक्शन लिने तयारी गरेको प्रधानमन्त्री निकट उच्च स्रोतको दाबी छ ।

टेरामक्स प्रविधि घोटाा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएका मुख्यसचिव अर्यालले अस्वभाविक रुपमा चलखेल गरेको र अटेरी गरेकोमा प्रधानमन्त्री दाहाल असन्तुष्ट छन् । उनले अर्याललाई बर्खास्त नै गर्ने तयारी गरेका छन् । यसअघि उनलाई बिदामा बस्न भनिएको थियो ।

तर, उनी विदामा नबसी सिंहदरबार आएर हाजिरी गरेपछि खैलाबैला मच्चिएको थियो । अख्तियारले उक्त टेरामक्स प्रविधि घोटाला प्रकरणमा सोमबारसम्म मुद्दा दायर गर्न लागेको छ । सो घोटालामा मुख्यसचिव अर्यालपनि मुछिएका छन् । अख्तियारले उनीमाथि समेत भ्रष्टाचार मुद्दा दायर गर्न लागेको छ ।

प्रधानमन्त्री दाहालले यसअघि कांग्रेससँगको सत्ता सहकार्य हुँदा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई समेत राजीनामा दिन भनेका थिए । तर, उनले पनि पार्टीभित्रको शक्तिको आड देखाएर बेवास्ता गरेका थिए । प्रधानमन्त्री दाहालले भने सत्ता सहकार्यको कांग्रेसको साथ छोडेर एमाले रोजेपछि बस्नेत प्रधानमन्त्री प्रचण्डको बर्खास्तीमा परेका हुन् । विवादित मन्त्रीको बारेमा संसद्मा समेत राजीनामाको माग उठेको थियो । अहिले विवादमा मुछिएका ती मन्त्रीहरुको जागिर गैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array