फागुन २७ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०८०, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन २७ गते आईतबार ई.सं.२०२४ मार्च १० नेपाल सम्बत ११४४ सिल्लागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण औंसी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, साध्य योग, नाग करण । आज नेपालमा सूर्योदय बिहान ०६:१८ बजे भयो भने सूर्यास्त साँझ ०६:०९ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन उत्साहपूर्ण रहनेछ । तर, सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक यात्राको सम्भावना छ । यात्रामा धनमाल हराउन सक्ने योग रहेकोले सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । आरोग्यता र सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शत्रु र रोगबाट मुक्ति मिल्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । तर, आश्वासन बाँड्नेहरूले झुक्याउने योग रहेकोले सचेत रहनुपर्ला । परिस्थितिले अप्ठ्यारो मोडमा पु¥याउन सक्छ । तपाईंको कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आम्दानी बढ्ने र प्रेमको बन्धन कसिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने इर्ष्या गर्नेहरूलाई तपाईंको मेहेनतले जवाफ दिनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चुनौतीपूर्ण समय छ । गरेका काम सजिलै नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्ने योग छ । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनुहोला । केही खर्च हुन सक्छ । शत्रुमाथि विजय प्राप्त होला । सन्तानबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा मन जानेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चिताएको काम सजिलै सम्पादन हुने समय छ । इच्छाशक्ति बढ्ला । स्वस्थ्यमा सामान्य कमजोरी रहन सक्छ, जसले काममा ढिलासुस्ती गराउने सम्भावना छ । प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पढाइलेखाइमा भने प्रगति गर्न नसकिने योग छ । रसरागको भाव वृद्धि होला । पारिवारिक सुख रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रतिस्पर्धी परास्त होलान् । तथापि, अलिक बाध्यताका काममा जुट्नुपर्ला । आज केही विवादमा परिने योग रहेकोले सजग रहनुहोला । व्यस्तता बढ्नेछ भने भय तथा भ्रम बनिरहन्छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता र आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला । मुद्दा–मामिलामा पनि विजयी भइने योग छ । पराक्रमका साथै धन वृद्धि होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् भने अधिकारका लागि केही संघर्ष हुन सक्छ । साझेदारीमा समस्या आउने योग रहेकोले संयमता अपनाएर व्यवहार गर्नु हितकर हुनेछ । आरोग्यता रहनेछ । ऋण र शत्रुलाई परास्त गर्ने क्षमता कायम रहला । दाम्पत्यसुख बढ्नेछ । खर्चको मात्रा बढ्न सक्छ, योजना र बजेट बनाइ कार्य गर्नुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आयआर्जनका स्रोत बढ्ने तथा व्यापारमा राम्रैै फाइदा हुने समय छ । विभिन्न भौतिक साधनहरू जुट्नाले प्रसन्नता मिल्नेछ । तथापि, आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आम्दानी बढ्ने र परिवारजनका आवश्यकता पूरा हुने समय छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । तर रमाइलो क्षणमा अचानक खिन्नता बढ्न सक्ने योग रहेकोले सावधान रहनुहोला । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपरे पनि समस्याको समाधान मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने छ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): बौद्धिक कार्यबाट मनग्य धनलाभ हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने अध्ययनमा प्रगति होला । आफ्नो प्रतिभा धेरैलाई देखाउन सकिनेछ । तथापि, अरूको फाइदाका लागि उपयोग भइएला । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रतिष्ठित कार्य गरी अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । तर सहयोगीहरूको भरपर्दा चिताएको काम नबन्न सक्छ, सजग रहनुहोला । हातमा आएको अवसर गुम्ने सम्भावना रहेकोले सचेतना अपनाइ व्यवहार गर्नु हितकर होला । आजको दिन सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array