फागुन २६ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ फाल्गुन २०८०, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन २६ गते शनिबार ई.सं.२०२४ मार्च ०९ नेपाल सम्बत ११४४ सिल्लागा चतुर्दशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण चतुर्दशी, चन्द्रमा कुम्भ राशिमा, श्रवण नक्षत्र, शिव योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:१९ बजे भयो भने सूर्यास्त साँझ ०६:०८ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चुनौतीपूर्ण समय छ । गरेका काम सजिलै नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्ने योग छ । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनुहोला । केही खर्च हुन सक्छ । शत्रुमाथि विजय प्राप्त होला । सन्तानबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा मन जानेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका कामहरु बन्न थाल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । जाँगरमा सुधार आउने छ भने आफन्तले पनि सहयोग गर्नाले प्रशन्नता बढ्ला । धनलाभ हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मित्रजनसँगको भेटघाटले मन रमाउने छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समस्याहरू आफै किनारा लाग्नेछन् भने धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । परिश्रम खेर जाँदैन, अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । आजको दिन फलदायी यात्रा पनि हुन सक्छ । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मित्रजन एवम् घर-परिवारबाट सुखशान्ति मिल्ला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । यात्राको लागि उचित समय रहेको देखिन्छ । व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । सरसामान बिग्रेर दुःख पाइने योग पनि भएकोले सचेत रहनुु हितकर होला । आरोग्यता र सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन त्यति शुभदायी नरहला । सोचेअनुरुप काम नहुने र सापटी दिएको पैसा फिर्ता नहुने योग छ । परिवारबाट अपेक्षाअनुरुप सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ होला । खर्च बढ्नाले मन अशान्त रहला । स्वास्थ्यमा सामान्य कमजोरी रहला । परिवारमा हल्का विवाद हुन सक्छ । रसरागको भाव बढ्नेछ । सुख बढ्नेछ । खेलकूदमा भाग लिनुहुनेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आँटेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ । बिग्रेको प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव मिल्न सक्छ, सचेत रहनुहोस् । सोचेको विशेष योजना पूरा नहुन सक्छ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): लाभदायक समय छ । पराक्रम वृद्धि हुनेछ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ला । ब्यापारमा सोचेअनुरुपको फाइदा होला । अर्थिक लाभ मिल्ल्नुका साथै शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला । शुभ काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयाँपैसाको कारोबार होला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । अनायसै खर्च हुन सक्छ, सावधान रहनु हितकर होला । धन-मान बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन खासै राम्रो छैन, कामहरू सावधानीपूर्वक गर्नुहोला । महत्वपूर्ण कार्य अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । वादविवादबाट पन्छिने प्रयास गर्नुहोला । मनमा डरले पनि डेरा जमाउने छ, ख्याल राख्नुहोला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कतिपयले सम्मानको व्यवहार गर्नेछन् तर केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । घर–परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउन सक्छ । कामहरु अधुरै रहनाले मन खिन्न होला । घरपरिवारबाट पनि त्यत्ति सहयोग नमिल्ने देखिन्छ । तथापि, दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रमाइलोसँग समय बित्नेछ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । यस दृष्टिले दिन राम्रो छ । केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा होला । दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । साथीभाइसित बसेर गरिएको छलफलबाट धनलाभको बाटो पत्ता लाग्न सक्छ । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array