गृहमन्त्री लामिछाने भन्छन्, ‘चेकलिस्टसहित आएका छौं, कम्प्रोमाइज हुन्न’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूहरु अहिले ‘होम वर्क’ मा रहेको बताएका छन् । आज (शुक्रबार) सरकारमा सहभागी भएपछि पहिलो पटक सामाजिक सञ्जालमार्फत प्रतिक्रिया लेख्दै उनले आफूहरु ‘चेक लिस्ट’ सहित आएको बताएका छन् ।

उनले कसैसँग कुनै पनि कुरामा कम्प्रोमाइज नहुने बताएका छन् । ‘चेक लिस्टसहित आएका छौ । कम्प्रोमाइज हुन्न। केही समय होम वर्क मा रहनेछौं,’– उनले भनेका छन् । साथै, उनले शिव रात्री, नेपाली सेना दिवस र नारी दिवसको शुभकामना व्यक्त गरेका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्