फागुन २५ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ फाल्गुन २०८०, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन २५ गते शुक्रबार ई.सं.२०२४ मार्च ०८ नेपाल सम्बत ११४४ सिल्लागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण त्रयोदशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शिव योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०६:२० बजे भयो भने सूर्यास्त साँझ ०६:०८ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बाध्यताका काममा जुट्नुपर्ने समय छ । धेरै बोल्दा दुःख मिल्न सक्छ, बोलीमा लगाम लगाउनु हितकर होला । स्वास्थ्य कमजोर रहन सक्छ, सचेत रहनुहोस् । धननाशको योग छ । सन्तानपक्षबाट निराशा हात पर्न सक्छ । शत्रुपक्ष भने परास्त हुनेछन् । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदको भाव जागृत होला ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रेमको प्रसंगले सुखद मोड लिने समय छ । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह देखापर्ने छ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर हुनेछ । आरोग्यता र सामर्थ्य वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयास जारी राख्नुहोला । काममा जाँगर आउनेछ, सामाजिक कार्यमा सफलता मिल्नेछ । आरोग्यता र साहस बढ्ला । मान पुरस्कार प्राप्ति हुने समय छ । शत्रु पक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । तर, व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । सवारी साधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्ने समय छ । टाढाको यात्राको योग छ । दिनको पछिल्लो प्रहरपछि बिस्तारै कामहरु बन्न थाल्ने योग छ । प्रेमपात्रसित भेटघाट होला ।रसरागमा आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयत्न र परिश्रमका बाबजुद काम बन्न कठिन हुने समय छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिने योग रहेकोले विशेष सतर्कताका साथ काम गर्नु हितकर हुनेछ । खर्च र ब्यस्तता बढ्नेछ । रसरागको भाव वृद्धि होला । यात्रा सुखद रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन प्रयास गरे रोकिएको काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । अध्ययन–अध्यापनमा भने समय दिन नसकिएला । दाजुभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पराक्रम वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): धैर्यधारण गरी परिश्रम गरे विशेष सफलता मिल्ने दिन छ । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् । भाग्योदयको समय रहेको छ । मान-महत्व वृद्धि हुोला । शुभ काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अधुरा काम सम्पन्न हुने दिन छ । कतैबाट आर्थिक लाभ हुने सम्भावना छ । पैतृक सम्पतिबाट लाभ हुने योग छ । धर्मिक कर्ममा संलग्नताबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । मित्रजनको साथ–सहयोग रहनेछ । प्रतिष्पर्धीहरूप्रति विशेष चनाखो रहनु हितकर होला । आरोग्यता बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लगानी र व्यस्तता बढ्नेछ । आजको दिन अरुको भर पर्नुको साटो आफ्नै मिहेनतप्रति निर्भर रहने प्रयास गर्नु हितकर होला । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्छ । केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शारीरिक तथा मानसिक आलस्यता बढ्ने सम्भावना छ, तथापि, भाग्यबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्ने समय छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जगिरका क्रममा समस्या आउन सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान्, सचेत रहनुहोला । दायित्व पूरा गर्नुहुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने समय छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ रोजगारीको सम्भावना छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । आयबल बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सौभाग्य र शुभता बढ्नेछ । नयाँ कामको लागि नयाँ अवसर आउने समय छ । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । मनमा सुविचार आउनाले उत्साह बढ्ला । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । यात्रा सफल रहला । सुख-सुविधाको वस्तु बढ्नेछन् ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्