फागुन २४ गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ फाल्गुन २०८०, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन २४ गते बिहीबार ई.सं.२०२४ मार्च ०७ नेपाल सम्बत ११४४ सिल्लागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण द्धादशी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, वरियान योग, कौलब करण । आज नेपालमा सूर्योदय बिहान ०६:२१ बजे भयो भने सूर्यास्त साँझ ०६:०७ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । मान-सम्मान बढ्नुका साथै सुखको अनुभुति हुनेछ । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । ठूला व्यक्तिको आशा र भरोसा तपाईंप्रति रहनेछ । बोलीको भरमा कतिपय काम बन्ने समय छ । समग्रमा दिन रमाइलो रहला ।पराक्रम वृद्धि हुनेछ । समस्याको समाधान मिल्नेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । परिश्रमले अरुको विश्वास जित्न सकिनेछ भने अधुरा काम बनेर मन हर्षित रहला । काममा सहयोगीहरूले साथ दिनेछन् । अनौठो तरिकाबाट धन आर्जन हुने योग रहेको छ । नयाँ योजनाहरु बन्ने र आम्दानी बढ्ने समय छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख र आरोग्यता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्ने समय छ । रसरागमा आकर्षण बढ्ला । उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित हुने समय छ । भौतिक साधन जुट्नेछन् भने आश मारेको रकम प्रयास गर्दा उठ्न सक्नेछ । पुराना साथीभाइसँग भेट भइ मन प्रफुल्ल रहला । प्रेममा सफलता र वैवाहिक बन्धनसम्मको योग छ । यात्रा सफल होला । रसरागको भाव वृद्धि हुनेछ । सामर्थ्य बढ्नेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): इर्ष्या गर्नेहरू सक्रिय रहने र छरछिमेकमा या कसैसँग विवाद हुन सक्ने योग रहेकोले विशेष सावधान रहनुहोला । गलत विचार बढ्न सक्छ र, समयमा निर्णय नहुँदा काममा अवरोध आउने सम्भावना छ । परिवारजनमा असमझदारी बढ्ने, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्ने भएकोले व्यवहारमा संयमता अपनाउनु हितकर होला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ भने नयाँ काममा हात हाल्न केही समय पर्खंनु हितकर हुनेछ । व्यापारमा सफलताले मन रमाउने छ । धनआर्जनको योग छ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशांति रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन केही चुनौतीपूर्ण रहला । काममा कठिनाइ सहनुपर्नेछ भने यातायातका साधनबाट जोगिन विशेष होसियारी अपनाउनु हितकर हुनेछ । बन्न लागेको काम पनि बिग्रन सक्ने योग रहेकोले विशेष योजना गोप्य राख्नुहोला । घरेलु समस्याले सताउन सक्छ, धैर्य राख्नुहोला । दौडधुप बढ्नेछ, तर मिहिनेतले काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुोला । आमोदप्रमोदको भाव वृद्धि होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक कार्यमा मन जाने छ । आजको दिन व्यावसायिक यात्राको सम्भावना छ भने विविध लाभ पनि होला । नयाँ मित्रको आगमनले मन प्रशन्न हुनेछ । धनलाभको योग छ । कुनै नयाँ कामको स्रोत फेला पर्ने सम्भावना छ । जागिरमा भने समस्या देखापर्न सक्छ, होसियार रहनुहोला । आजको दिन योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही चुनौतीपूर्ण रहला । तपाईंले नसोचेको विषयमा धन खर्च हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर होला । उपचारमा खर्च हुने योग छ । राजनीतिक कर्ममा पनि केही कठिनाइ व्यहोर्नुपर्ला । तथापि, परिश्रमबाट लक्ष्य पूरा गर्न सकिनेछ दाम्पत्यसुख रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न अवसरले पछ्याउने समय छ । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । ब्यापार-ब्यावसायबाट पनि राम्रो लाभ लिन सकिनेछ । नयाँ काम पाउने योग छ । अध्ययन–अध्यापनमा सफलता मिल्ने समय छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): उत्साहवर्द्धक समय छ, काममा जाँगर चल्नेछ । आम्दानी बढ्नाले दिन रमाइलोसँग बित्ला । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । आँटेका काम पूरा हुनुका साथै धनलाभको योग छ । रसरागको भाव वृद्धि होला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने समय छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि पनि राम्रो समय छ । ब्यापार–व्यवसायमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । साथीभाइसंग भेटघाट तथा रमाइलो यात्राको सम्भावना छ । आयबल बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय त्यति राम्रो छैन, गलत विचार बढ्न सक्छ । काम गर्नमा खासै मन नजाला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । आज अनावश्यक रुपमा पैसा खर्च हुनसक्ने योग छ । ब्यापार ब्यवसायमा पनि खासै प्रगति नहोला । आफन्तको साथ कमै मिल्नेछ । कुनै महत्वपूर्ण वार्तामा भने सफलता मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्