घरेलु मैदानमा उपाधि जित्नबाट चुक्यो नेपाल, नेदरल्याण्ड्सँग ४ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको हो। १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक प्रहार गरे । उनले २९ बलमा ५४ र साइब्राण्ड एन्गलब्रेचले ४८ रन बनाए । नेपालका लागि कुशल मल्लले ४ विकेट लिए पनि जित दिलाउन सकेनन् । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए ।

- Advertisement -
Ad imageAd image

टस जितेर पहिले ब्याटिङ नेपालले पूरै ओभर खेलेर ८ विकेट क्षतिमा १८४ रन बनाएको थियो । ओपनर आसिफ शेखले ४७ रन बनाए । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए । गुल्सन झाले २५ बलमा ३ छक्का प्रहार गर्दै ३४ रन बनाए ।

कुशल मल्लले ११ बलमा २६, कप्तान रोहित कुमार पौडेलले २५ र कुशल भूर्तेलले २० रन बनाए । नामिबियासमेत सम्मिलित सिरिजमा दुई खेल जितेर नेपाल फाइनलमा पुगेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्