सभापति देउवाले बाेलाए कार्यसम्पादन समितिको बैठक: प्रचण्डको निर्णयबारे छलफल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – अप्रत्यासितरुपमा सत्ता विमुख भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले सहितका दलहरूसंग मिलेपछि स्तब्ध देखिएको कांग्रेसले केहि ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ ।

बैठक सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा गठबन्धन भत्किनुका कारणसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array