पुरानो गठबन्धनका सबै मन्त्री बर्खास्त, ४ सदस्यीय बन्यो प्रचण्ड सरकार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो गठबन्धनका सबै मन्त्रीलाई बर्खास्त गरेर मन्त्रिमण्डल पुर्नगठन गरेका छन् ।

आज सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारलाई ४ सदस्यीय बनाएका छन्, जसमा प्रधानमन्त्री र ३ मन्त्री रहेका छन् ।

नवगठित मन्त्रिमण्डलमा नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्यालले विना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालय आफूसँगै राखेका छन् । यसअघिका सबै मन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले बर्खास्त गरेका छन् ।

यस्तो छ विज्ञप्ति –

प्रतिक्रिया दिनुहोस्

Array