सरकारमा सहभागि हुन माधव नेपाललाई प्रचण्डको प्रस्ताव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – विकसित राजनीतिक परिस्थितिका कारण कांग्रेस सत्ताविमुख भएको छ। कांग्रेसमात्रै नभएर माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पनि सरकारबाट हात धुनुपर्ने अवस्थामा पुगेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सहकार्यको लागि फेरि एकपटक सहमति गरेपछि माधव नेपाल सत्ता राजनीतिबाट आउट भएका हुन् । तर, ओलीसँगको छलफल र सहमतिपछि प्रधानमन्त्री प्रचण्ड माधव नेपाललाई पनि सरकारमा सहभागी गराउनेगरि मुभ भएका छन् ।

अहिले उनी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपालको निवास कोटेश्वरमा पुगेका छन् । माधव नेपाल केही दिनदेखि अस्वस्थ छन् । भेटमा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भएको स्रोतको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array