सत्ता गठबन्धनको किचलो उत्कर्षमा, परराष्ट्रमन्त्री साउदको विदेश भमण रद्द

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – परराष्ट्रमन्त्री एनपी साउदको आज हुने भनिएको फिनल्याण्ड भ्रमण रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ।

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित  कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ।

परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको भन्दै आइतबार दिउँसो विज्ञप्ति जारी गरेको थियो। उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ।

सत्ता गठबन्धनमा बढेको अविश्वासले कांग्रेस नेता समेत रहेका मन्त्री साउदको भ्रमण स्थगन भएको बताइएको छ । उनको भ्रमण अवधिमै सरकारमा उलटफेर हुन सक्ने सम्भावना बढेपछि भ्रमण स्थगित गरिएको स्रोत बताउँछ।

राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनको एक घटक नेकपा(माओवादी केन्द्र)ले आफ्नो उम्मेदवार उठाउने निर्णय गरेपछि वर्तमान गठबन्धनमा निकै सकस उत्पन्न भएको छ ।

राष्ट्रियसभा निर्वाचन अगावै कांग्रेसलाई दिने सहमति भएको बताइए पनि माओवादीले अहिले अध्यक्ष नछाड्ने अडान लिएपछि गठबन्धन संकटमा परेको हो।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेसँग निकटता बढाएपछि गठबन्धनको भविष्य नै धरापमा परेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्

Array