सत्ता गठबन्धनको निर्णायक बैठक भोलि विहान ८ बजे बालुवाटारमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – सत्तारुढ गठबन्धनमा खटपट सुरु भएको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बोलाएका छन् । बैठक बिहान ८ बजे बस्ने जनाईएको छ ।

राष्ट्रियसभाको अध्यक्षको लागि २९ फागनुमा हुने निर्वाचनमा उम्मेद्वार टुँगो लगाउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच खटपट सुरु भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेसँग समानान्तर छलफल चलाएका छन् ।

अहिले एमाले अध्यक्ष केपी शर्मा ओली महासचिव शंकर पोखरेल लिएर बालुवाटार पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारमा सहभागी आफ्ना दलका मन्त्रीहरुसँग छलफल गरेका छन् । सत्ता गठबन्धन रहने वा नरहने कुरा भोलिसम्म टुँगो लाग्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

Array