त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत अन्तिम खेलमा नामिबिया र नेदरल्याण्डस भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौँ – जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनल अघिको अन्तिम खेल आज हुदै छ । आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ ।

- Advertisement -
Ad imageAd image

अब फाइनलमा पुग्ने दुई देशको टुंगो यस खेलपछि मात्र लाग्ने भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्