फागुन १८ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०८०, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन १८ गते शुक्रबार ई.सं.२०२४ मार्च ०१ नेपाल सम्बत ११४४ सिल्लागा पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण षष्ठी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, धु्रव योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:२७ बजे भयो भने सूर्यास्त साँझ ०६:०४ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चिताएका काम बिस्तारै भए पनि सम्पादन हुने समय छ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिएला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । तथापि, अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्ने योग रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । पारिवारिक असमझदारीको अवस्था पैदा हुन नदिने प्रयास गर्नु हितकर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नयाँ काममा हात हाल्ने समय आएको छ, तर काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने योग छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । आरोग्यबल बढ्नेछ । आफन्तको साथ भने कमै मिल्ला । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पराक्रम र व्यस्तता बढ्नेछ । शुभचिन्तकहरूको सुझाव ग्रहण गर्दा फाइदा मिल्ने समय छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । घरबाट टाढा हुनुहुन्छ भने आज परिवारजन तथा विशेषतः आमाको यादले सताउन सक्छ । मित्रभाव वृद्धि होला । आमोदप्रमोदमा रम्ने अवसर जुर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्ने समय छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । अस्वस्थताले काममा ढिलासुस्ती गराउन सक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख प्राप्त होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिभाको कदर हुने तथा बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुने समय छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्ने समय छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । भौतिक साधन जुट्नेछ र दिगो फाइदा हुनेछ । पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्ने कोशिस गर्नु हितकर होला । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): अप्ठ्यारा कामको बोझ थपिन सक्ने समय छ । अरूको सुझावमा भर नपर्नुहोला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । उठ्नुपर्ने रकम हातलागी हुने योग छ । कार्य व्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): लगनशीलताले परिस्थिति बदल्न सक्छ । मानसम्मान पनि पाइनेछ । तर आज आफूलाई कमजोर भएको अनुभूति हुन सक्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । पढाइलेखाइमा समय दिन नसकिएला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । रोग र शत्रुलाई जीत्ने क्षमता वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): भाग्यबल बढ्नेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु हितकर होला । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्तिको समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ । मान र विद्या प्राप्त हुने समय छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुने योग छ । तर, आर्जित धन तत्काल खर्च हुन सक्छ, सावधान रहनुहोस् । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । उद्योग तथा व्यापारमा सामान्यमात्र फाइदा मिल्नेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहला । नचिताएको ठाउमा खर्च हुने योग छ । आफन्तको सहयोग प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सेवामूलक कामबाट धनलाभ हुनेछ दिन छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ला । पढाइलेखाइमा सामान्य मात्र प्रगति हुनेछ । व्यापार–व्यवसायमा पनि सोचेको फाइदा नउठ्ने योग रहेकोले धैर्यले काम गर्नुहोला । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला । तर, बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त हुनेछ । ररसरागमा आकर्षण रहला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array