वाफ वुमेन्स च्याम्पियनसिप: उपाधीका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा हुनेछ।

पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपाल जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। जोर्डन पाँच पटकको विजेता रहेको छ ।

- Advertisement -
Ad imageAd image

समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै फाइनल पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

आजको खेलमा नेपालकी फरवार्ड सावित्रा भण्डारी सहभागी नहुने भएकी छिन्। उनले जारी प्रतियोगितामा नौ गोल गरेकी थिइन् । आज नेपाली टोलीका प्रिति राई, समिक्षा घिमिरे, अमृता जैशी लगायतका खेलाडीको प्रर्दशनलाई महत्वका साथ हेरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्