मिटरब्याज पीडितहरुले सरकारसमक्ष राखे ६ बुँदे माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – न्याय मार्च गर्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले आफ्ना ६ बुँदे मागका बारेमा सरकारलाई जानकारी गराएका छन्।

मंगलबार गृहमन्त्रालयमा भएको वार्ताका क्रममा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिले आफ्ना मागका बारेमा सरकारी वार्ता टोलीलाई जानकारी गराएको हो।

आफुहरुको मागका बारेमा जानकारी गराएपनि सरकार सकारात्मक नदेखिएको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए। उनले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका माग गरेको बताए। उनले अब सरकारसँग वार्ताका साथै आन्दोलन पनि निरन्तर चल्ने जानकारी दिए।

गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिलाई पत्र लेखेर वार्तामा बोलाएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array