नामिबियासँग नेपाल २० रनले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग पराजित भएको छ । टीयू क्रिकेट मैदानमा आज मंगलबार भएको खेलमा नेपाल २० रनले पराजित भएको छ ।

नामिबियाले २०७ रनको विजय लक्ष्य दिए पनि नेपाल ७ बलअगावै १८६ रन बनाएर अलआउट भएको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ३२, सोमपाल कामीले २६ र गुल्शन झाले १२ रन बनाएका छन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो । नामिबियाका जान निकोल लोफ्ट इटनले ३३ बलमा कीर्तिमानी शतक प्रहार गर्दै कुशल मल्लको रेकर्ड तोडेका थिए ।

मलान क्रुगर अर्धशतक प्रहार गर्दै अविजित रहे । उनले ४८ बलमा २ छक्का र ६ चौकासहित ५९ रन बनाए । माइकल भान लिंगेनले १९ बलमा १ छक्का र २ चौका प्रहार गरेर २० रनको योगदान गरे । जेपी कोट्जीले १ छक्कासहित ११ रन, जान फ्रिलिंकले ५ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array