फागुन १५ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ फाल्गुन २०८०, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन १५ गते मंगलबार ई.सं.२०२४ फेब्रुअरी २७ नेपाल सम्बत ११४४ सिल्लागा तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण तृतीया, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, शूल योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:३० बजे भयो भने सूर्यास्त साँझ ०६:०२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विभिन्न अवसर मिल्ने तथा कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । नयाँ कामको सुरुवातचाहिँ आज नगरेकै बेस हुनेछ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । व्यस्तता र खर्च बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्ने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आज तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति होला । बुद्धिको राम्रो उपयोग हुने समय छ । साहस वा पराक्रम बढ्नेछ । सुख वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सम्पति बढ्नेछ । रसरागको भाव वृद्धि होला । समस्याको समाधान पमिल्नेछ, यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पीडा दिनेहरु सक्रिय रहन सक्छन्, आजको दिन विशेष सावधान रहनु हितकर होला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । आफूले गर्दै आएको कामलाई चाहिँ निरन्तरता दिनु उत्तम हुनेछ । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिन शुभदायी छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । रचनात्मकता र रसरागको भाव बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । भौतिक साधन जुट्नेछन् भने व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि तथा पशु व्यवसायबाट लाभ हुने योग छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ । आयबल वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आज गरेको मेहनत खेर नजाला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । उन्नति पदोन्नति हुनेछ । कर्मबल वृद्धि होला । योजना र बजेट बनाएर मात्र काम गर्नु उन्नतिकारक हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही चुनौतीयुक्त छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला, यसले व्यक्तिगत स्वतन्त्रतामा दखल दिन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्यप्रति विशेष ध्यान पुऱ्याउनु हितकर हुनेछ । दाम्पत्यसुख बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दौडधुपका साथै जोखिम बढ्नेछ । उत्साहजनक समाचारले हर्ष बढ्ने समय भएपनि चिताएको काम पूरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य मिल्न मुस्किल पर्ला । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने योग छ । तार्किक क्षमता बढ्नेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): राम्रो समय छ । व्यवसायमा राम्रैै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । मित्रजनको साथ प्राप्त होला । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने समय छ । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका हुने योग रहेकोले गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा खटपट पर्न सक्छ, सचेत भइ व्यवहार गर्नुहोला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array