संसद् भवन छिरेका ४९ जना लघुवित्त ऋणी प्रहरी नियन्त्रणमा, छानबिन समिति गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंको बानेश्वरस्थित संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ।

सङ्घीय संसद् भवन क्षेत्र वरपर सरकारले तोकेको निषेधित क्षेत्र तोडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनले भने, ‘सरकारले सघींय संसद् वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेकामा आज लघुवित्त ऋणीहरुले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिएका हौँ।’

नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। केही समययतादेखि उनीहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन्। लघुवित्त पीडित संर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन्। यसै क्रममा आज संसद् भवन वरपरको निषेधित क्षेत्र तोडेकाले प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै उक्त घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ। उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो। समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्

Array