फागुन १४ गते सोमबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ फाल्गुन २०८०, सोमबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन १४ गते सोमबार ई.सं.२०२४ फ्रेवरी २६ नेपाल सम्बत ११४४ सिल्लागा द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण द्धितीया, चन्द्रमा सिंह राशिमा, उत्तरफाल्गुनी नक्षत्र, धृति योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:३१ बजे भयो भने सूर्यास्त साँझ ०६:०१ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन मनोरञ्जनपूर्ण रहला । कामबाट फुर्सद मिलेको अनुभूति हुनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । कार्यसफलताको योग छ । शत्रुपक्ष परास्त हुनेछन् । सन्तानसुख प्राप्तिका साथै मित्रभाव वृद्धि होला । रोकिएको काम बन्ने समय छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । काममा प्रशस्त मन जाला । व्यवसायमा थप लगानी बढाउन सकिनेछ भने वैदेशिक कामकाजमा फाइदा हुनेछ । अप्रत्याशित लाभ हुने योग छ । नयाँ कामका स्रोत फेला पर्लान् । पराक्रम बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नुका साथै रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही चुनौतीयुक्त रहला । पीडा–कष्ट दिनेहरु सक्रिय बन्न सक्छन्, सावधान रहनुहोला । स्वास्थ्यप्रति पनि विशेष ख्याल राख्नुपर्ने समय छ । धननाश हुनुका साथै अनावश्यक झमेलामा पर्ने योग रहेकोले हरेक बेली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । यात्रापद कार्यमा सफलता मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रमाइलो तरिकाले कामहरु गर्न पाइने दिन छ । पशुधन र जमिनबाट सामान्य लाभ भएपनि व्यापार–व्यवसायमा राम्रै फाइदा मिल्ने योग छ । आरोग्यता र सुख–सुविधाका वस्तु बढ्नेछन् । रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने समय छ । सोचेभन्दा बढी नै लाभ मिल्ला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । रचनात्मकताका साथै रसरागको भाव वृद्धि हुनेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्यमा सफलतमा प्राप्त होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन मित्रजनका साथै घरपरिवारबाट सुखशान्ति मिल्ला । लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । आयबल एवम् धन वृद्धि हुनेछ । इष्टमित्रजन एवम् सन्तानको सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउनेछैन । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): समय खासै शुभदायी नरहेकोले सोच्दै नसोचेको ठाउमा पैसा खर्च हुन सक्छ, सावधान रहनुहोला । व्यर्थको खर्चले मन पिरोलिन सक्छ । मनमा चिन्ता बढने योग छ, साथै धनमाल हराउन सक्छ । तथापि, कर्मबल वृद्धि हुनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । तर, खर्च बढ्ने र लेनदेनमा विवाद बढ्न सक्ने योग रहेकोले सावधानीपूर्वक संयम भइर काम गर्नु हितकर होला । दाम्पत्यसुख बढ्नेछ । सुख सुविधाको वस्तु खरिद गरिएला । योजना र बजेट बनाइ कार्यगर्नु हितकर होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन नयाँ कामका योजना बन्लान् । व्यापारमा सफलता मिल्नेछ । सुखद यात्राको अवसर जुर्ने समय छ । ब्यस्तता वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । गीत–संगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । अधुरा काम पूरा हुने योग छ । नोकरी तथा राजनीतिक कर्ममा सफल भइएला । प्रेमभाव बढ्नेछ भने आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): वादविवादको सामना गर्नुपर्ने योग रहेको दिन हुनाले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ । आज आगो र मेसिनरी सामग्रीबाट जोगिन विशेष सतर्कता अपनाउनुहोला । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्, तथापि इष्टमित्रको सहयोग प्राप्त हुनेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिक लाभ हुनेछ भने व्यापारमा सफलता पाउने, यात्रामा रमाउने योग छ । प्रेमबल र सामर्थ्य बढ्नेछ । आफन्तको भने साथ कमै मिल्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बनेछ । साझेदारीको काम सफल रहला । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array