प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी बिधेयक प्रस्तुत हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ फाल्गुन २०८०, आईतवार
1 Min Read
Aa
k|ltlglw;efdf ;f+;b sfsL{ sf7df8f}F, !% j}zfv M ;‹Lo ;+;b ejg gofF afg]Zj/df z'qmaf/ a;]sf] k|ltlglw;ef a}7s . tl:a/ M gjLg kf}8]n÷/f;;

काठमाडौं – आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्न लागेको आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसबन्धी (दोस्रो संशोधन) बिधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त बिरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गर्नेछन् ।

त्यस्तै, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसबन्धी (दोस्रो संशोधन) बिधेयक २०८०’ लाई प्रस्तुत गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

- Advertisement -
Ad imageAd image

यसअघि शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी तीन दलले संसद अवरोध गरेका थिए । उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विवादमा परेका ४ मन्त्रीको राजीनामा माग्दै सदन अवरोध गरेका थिए । सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोपका कारण अवरुद्ध बैठक सञ्चालन गर्न नसकिने प्रतिपक्षी दलले अडान राखेको थियो ।

त्यसपछि सभामुख देवराज धिमिरेले प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकसँग छलफल गरेका थिए । आजको बैठक पनि चल्न नदिने प्रतिपक्ष दलहरुको तयारी रहेको बुझिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्