फागुन १३ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ फाल्गुन २०८०, आईतवार
5 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन १३ गते आईतबार ई.सं.२०२४ फ्रेवरी २५ नेपाल सम्बत ११४४ सिल्लागा पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, फाल्गुण कृष्ण प्रतिपदा, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, सुकर्मा योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६:३२ बजे भयो भने सूर्यास्त साँझ ०६:०१ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रमाइलोसँग दिन बित्ने समय छ । धनआर्जन तथा फलिफाव होला । खासगरी पशुधनबाट फाइदा हुने देखिन्छ । सोचेअनुसार काम बन्नाले सुखको अनुभव होला । पराक्रम बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तान पक्षबाट सुख प्राप्त होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नोकरीमा दिन सामान्य रहे पनि योजनाअनुसार काम बन्नाले सुखको अनुभव होला । अप्रत्याशित लाभको योग छ । अनेक किसिमका फाइदा हुने समय छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहला । उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन अलिक चुनौतीपूर्ण छ । नियमित काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा पर्ने योग रहेकोले सावधानीपूर्वक कदम चाल्नुहोला । अपव्ययको योग रहेकोले खर्चमा सावधानी अपनाउनु हितकर हुनेछ । प्रतिकुलता बढ्ने सम्भावना रहेकोले हरेक क्रियाकलापमा विशेष सावधानी अपनाउनुहोला । यात्रा सफल रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परोपकारका काममा मन जाने समय छ । धन आर्जनका लागि पनि शुभदायी दिन छ । तपाईंका बोली, व्यवहार र विचारले धेरैलाई आकर्षण गर्ला । समयको अधिकतम लाभ उठाउने प्रयत्न गर्नुहोला । व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): लगानी उठ्ने र आयबल बढ्ने समय छ । फलिफाप होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी होला । लाभप्रद यात्राको सम्भावना छ । रचनात्मकता बढ्नेछ । रसरागको भाव पनि वृद्धि होला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फल दिने प्रकारको दिन छ । कर्मबल वृद्धि हुनेछ । कतै टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु हितकर होला । आकस्मिक कमाइको योग देखिन्छ । केही हर्ष केही विष्मातको भावमा दिन बित्ला । बौद्धिक र रचनात्मक काममा भने सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन कमाइ भन्दा खर्च नै बढ्ने देखिन्छ । परिश्रमअनुसारको उपलब्धि हासिल नहोला । अनावश्यक रूपमा समय ब्यतीत भएको अनुभूति हुनेछ । नसोचेको ठाउमा खर्च हुन सक्छ, सावधान रहनुहोला । योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन सामान्य छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ । आफन्तमिलनले सुख दिनेछ । तथापि काममा अनुकूलता बढ्ने नै योग छ । दाम्पत्यसुख बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): खर्च भन्दा कमाई नै बढी हुने समय छ । पढाइलेखाइमा पनि राम्रो प्रगति होला । श्रद्धा र परोपकारमा मन जानेछ । तथापि, स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन राम्रो छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । विपरितलिङ्गीको हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । आरोग्यता बढ्नेछ । परिवारिक सुख बढ्नेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन त्यति अनुकुल नरहला । प्रतिकूल समय भएकाले काममा बाधाहरुको सामना गर्नुपर्ला, सावधान रहनुहोस् । वादविवादको सामना गर्नुपर्ने योग भएकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलाबाट जोगिन विशेष सचेतना अपनाउनुपर्नेछ । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलताको योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पेशागत रुपमा समस्या देखिन सक्ने समय छ । केही सुख केही दुःखको अनुभूति होला । नोकरीमा झमेला ब्यहोर्नुपर्ला, सावधान रहनुहोला । आफन्तको साथ कमै मिल्नेछ । प्रेमबल बढ्नेछ । साझेदारीको काममा सफलता मिल्ला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array