फागुन १२ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ फाल्गुन २०८०, शनिबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन १२ गते शनिबार ई.सं.२०२४ फ्रेवरी २४ नेपाल सम्बत ११४४ सिल्लाथ्व पून्हि, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल पूर्णिमा, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, अतिगंड योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६:३३ बजे भयो भने सूर्यास्त साँझ ०६:०० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पराक्रम वृद्धि हुने र परोपकारका क्षेत्रमा मन आकर्षित हुने समय छ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । प्रियजनसँगको भेटघाटले मन रमाउला । विलासी काममा सफलता मिल्नेछ । बौद्धिक र सृजनात्मक कामले सफलता पाउला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय चुनौतीपूर्ण छ । भौतिक साधनको क्षतिले धन नाश हुने योग छ । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर होला । स्वास्थ्यका लागि खानामा सचेत रहनुपर्ने दिन छ । अनावश्यक झमेलामा पर्नुबाट बच्न यात्राको क्रममा सावधान रहनुहोला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । बोलीको प्रभाव बलियो बन्ला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन सामान्य छ । कुनै पनि समस्या वा अप्ठ्यारोमा साथ दिनेको कमी हुने छैन । नसोचेको व्यक्तिबाट पनि समर्थन मिल्ने योग छ । ठुला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । अनौठो खबर सुन्न पाइएला । आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आयआर्जनको सिलसिलामा यात्रा हुने समय छ । आशा मारेको रकमा उठ्न सक्ने योगका साथै मन हर्षित रहला । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ भने पुराना कामहरु सम्पन्न हुन सक्ने दिन रहेको छ । खेलकुद तथा भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति रहने छ । मिठो भोजन प्राप्तिको समय छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रमाइलो यात्राको योग परेको दिन भएपनि आज कुनै पनि नयाँ काम भने नथाल्नुहोला । लेनदेको काम पनि नगर्नु नै हितकर हुनेछ । घरमा पाहुनाको आगमन होला । धनलाभको सम्भावना छ । आयबल बढ्नेछ । मित्रजन सहयोगी बनेर देखापर्नेछन् । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । स्वास्थ्यका लागि खानामा विशेष ध्यान दिनु हितकर हुनेछ । प्रेममा धोका मिलेको अनुभूति होला । कर्मबल वृद्धि हुने र सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने योग छ । तथापि, हरेक समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्यबल वृद्धि हुनेछ । मन हर्षित रहला । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । आज स्वास्थ्य कमजोर रहन सक्ने हुनाले आहारविहारमा विशेष सतर्क रहनु हितकर हुन्छ । सोचेकोे काम समयमै सम्पन्न गर्न विशेष प्रयत्न लगाउनुपर्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । अध्ययन–अध्यापनमा सफलता पाउने तथा धर्मकर्ममा रुचि बढ्नेछ । परिवारका मान्यजनसँगको भेटघाटले मनमा हर्ष उल्लास छाउला । दौडधुप वृद्धि हुनेछ । दाम्पत्यसुख रहला । शुभ काममाआकर्षण बढ्नेछ । योजना र बजेट बनाएर मात्र कार्य गर्नु बेस होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन काममा जाँगर र जोश बढ्ला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । पारिवारिक सुख मिल्नुका साथै ब्यापार–व्यवसायमा पनि फाइदा हुने समय छ । प्रेमभाव र आरोग्य बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्ने समय छ । मिठो भोजन मिल्ला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): शारीरिक प्रतिस्पर्धाका कामतिर मन गएपनि सफलता प्राप्त गर्न भने सहज नहोला । आजको दिन ब्यर्थमा समय नाश हुने सम्भावना छ । मनमा उदासिनता बढ्ने योग छ भने काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन्, सावधान रहनुहोला । आरोग्यता भने वृद्धि होला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मनमा दुविधा रहे पनि सामाजिक काममा नाम रहने समय छ । स्वास्थ्यका दृष्टिकोणले पनि आजको दिन राम्रो छ । आर्थिक लाभ हुनुका साथै मान सम्मान पनि पाउन सकिन्छ । जागिरमा भने सजक रहनुहोला । प्रेमभाव वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रसरागमा आकर्षण रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन शुभदायी छ । प्रेम र मित्रताको बन्धन कसिएला । विभिन्न सहयोग र उपहार पाइनेछ भने यात्राको योग रहेको छ । काम बन्नाले मन रमाृउला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । व्यस्तता बढ्नेछ भने समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला । वार्तामा सफलता मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array