फागुन ११ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ फाल्गुन २०८०, शुक्रबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन ११ गते शुक्रबार ई.सं.२०२४ फ्रेवरी २३ नेपाल सम्बत ११४४ सिल्लाथ्व चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल चर्तुदशी, चन्द्रमा कर्कट राशिमा, अष्लेषा नक्षत्र, सोभन योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६:३४ बजे भयो भने सूर्यास्त साँझ ०५:५९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन शुभदायी रहला । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । कतैबाट अप्रत्यासित रुपले अर्थप्राप्ति हुने योग छ । पराक्रमका साथै मान वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): खर्च वृद्धि हुनसक्ने समय छ । खर्च गर्दा सचेतना अपनाउनुहोला । आजको दिन स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनु हितकर होला । साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रु पक्षले सताउने योग छ, सजक रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): शुभता बढ्नेछ । आजको दिन खुशीसाथ बित्ने देखिन्छ । धनलाभको योग छ, अध्ययन–अध्यापनमा प्रगति होला । प्रतिभा प्रदर्शनबाट अरुको मन जित्न सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्ष परास्त होलान् ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धनलाभको योग छ भने नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्रा हुने योग छ । आयआर्जनको दृष्टिले दिन राम्रो छ । सुख सुविधाका वस्तु बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । पारिवारिक सुख मिल्नुका साथै मन उल्लसित रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ काम पाउने र धन आर्जनको अवसर जुर्ने समय छ । कृषिसम्बन्धी कामबाट विशेष लाभ होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काम सफल हुनेछन् । पारिवारिक सुखशान्ति रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन चुनौतीपूर्ण रहला । स्वास्थ्यमा केही गडबडी आउन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । आज टाढाको यात्रा सकभर नगर्नुहोला । व्यर्थको खर्च बढ्न सक्छ । यसका बाबजुद कर्मबल वृद्धि हुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ–सहयोग रहला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): बन्न लागेको काम अचानक बिग्रन गइ मनमा चिन्ता बढ्न सक्ने दिन छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मनमा केही दुविधा रहला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । मातृधनले लाभ प्रदान गर्ला । आज योजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सोचेअनुरुपको अर्थलाभ हुने समय छ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने वैदेशिक क्षेत्रको लगानीमा फाइदै होला । पठनपाठन कार्यमा प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । व्यस्तता र पराक्रम वृद्धि हुने योग छ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन एकदमै राम्रो छ । कामहरु सजिलैसँग बन्नेछन् । आज कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । काममा जोश–जाँगर बढ्ने देखिन्छ । रसविलासतर्फ इच्छाशक्ति बढ्नेछ । आरोग्यता रहला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): पेशागत रुपमा समस्या देखिन सक्ने समय छ । घरपरिवारमा पनि केही मनमुटाव होला । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, सचेत रहनुहोला । कसैसँग वादविवादको सम्भावना रहेकोले सावधानीपूर्वक बोली र व्यवहार गर्नु हितकर हुनेछ । आरोग्यता बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । तथापि, मनमा दुविधा रहन सक्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, तथापि प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कामका साथै वार्तामा सफलता मिल्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । आज यात्राको पनि योग रहेको छ । चल–अचल सम्पत्तिको कारोवार होला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array