फागुन १० गते बिहीबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० फाल्गुन २०८०, बिहीबार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन १० गते बिहीबार ई.सं.२०२४ फ्रेवरी २२ नेपाल सम्बत ११४४ सिल्लाथ्व त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल त्रयोदशी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, सौभाग्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६:३५ बजे भयो भने सूर्यास्त साँझ ०५:५९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउने समय छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । आजको दिन अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने परिवेश बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । आश मारेको फल पुनः प्राप्त हुन सक्छ । तथापि, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने योग रहेकोले सचेत रहनुहोला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिनु हितकर होला । आरोग्यता बढ्नेछ । रचनात्मक काममा सफलता एवम् पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन केही चुनौतीको सामना गर्नुपरे पनि व्यापार-व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा पनि हुन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने योग छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति हुनेछ । कुनै पनि समस्याको समाधान प्राप्त होला । शत्रुपक्ष परास्त होलान् ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिएला । सोख पूर्तिका लागि खर्च बढ्न सक्छ । नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ, स्फूर्त रहने प्रयत्न गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्ने दिन छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कर्मबल बढ्नेछ । आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयनमा असर पर्ला । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । भाग्यबल वृद्धि हुनेछ । मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दौडधुप वृद्धि होला । आजको दिन तपाईंको इर्ष्या गर्नेहरु सक्रिय रहन सक्छन्, आफ्ना योजना गोप्य राखेर अघि बढ्दा लाभ पुग्ला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा भने केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिएला, सावधान रहनुहोस् । येजना र बजेट बनाएर मात्र काम गर्नु हितकर हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफ्ना अभिभावक तथा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले धैर्यपूर्ण व्यवहार गर्नु हितकर होला । रोकिएका काम बिस्तारै बन्नेछन् । आत्मविश्वास बढ्नेछ । अध्ययन–अध्यापनमा राम्रै प्रगति हुने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । प्रेमभाव र पराक्रम वृद्धि हुनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन मिश्रित फलदायी रहला । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलले नोक्सान पु¥याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । आरोग्यता बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्यप्राप्तिमा अवरोध पुग्ला । तथापि, रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धी सजिलै परास्त होलान् । प्रेमभाव बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिने समय छ । भएको दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यस्तता बढ्नेछ । धनलाभको योग परेको छ, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । गरिएका कर्मको उचित प्रतिफल मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । मित्रजनको सहयोग तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पराक्रम बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array