सत्ता गठबन्धनमा खटपट देखिएका बेला प्रचण्ड–ओली भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ फाल्गुन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सत्ता गठबन्धनमा खटपट देखिएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रचण्ड–ओलीबीच सिंहदरबारमा भेटवार्ता चलिरहँदा नेपाली कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले भविष्यमा चुनावी गठबन्धन नगर्ने सांगठनिक प्रतिवेदन पेश गरिरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले यस्तो प्रतिवदेन पेश नगर्न महामन्त्री थापालाई निर्देशन दिए पनि थापाले गठबन्धनको विरोध गरेरै छाडेका छन् । महासमिति बैठकमै गठबन्धन विरोधी प्रतिवेदन पेश भएपछि प्रधानमन्त्री प्रचण्ड झस्किएका छन् ।

यस्तो बेला भएको दुवै नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array