फागुन ०८ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ फाल्गुन २०८०, मंगलवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन ०८ गते मंगलबार ई.सं.२०२४ फेब्रुअरी २० नेपाल सम्बत ११४४ सिल्लाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल एकादशी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६:३७ बजे भयो भने सूर्यास्त साँझ ०५:५७ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभता वृद्धि होला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउने दिन छ । सानातिना घरेलु काममा आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । अध्ययन-अध्यापनमा सुधार आउला । मनोरञ्जनपूर्ण समय छ । सुख–विलासका प्रसङ्गमा सफलता मिल्नेछ । सन्तानसुख प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आर्थिक पक्ष सुदृढ बनेपनि मनमा दोधारको अवस्था सिर्जना होला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । यात्रामा भने सोचेजस्तो रमाइलो नहुन सक्छ । स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ । विलासी काममा आकर्षण बढ्नेछ । कर्मबल बढ्नुका साथै बोली र व्यक्तित्वको प्रभाव बलियो रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन मनोरञ्जनपूर्ण रहला । पारिवारिक सहयोग प्राप्त हुनेछ । नयाँ स्थानमा यात्राको सम्भावना छ, तर आज अनावश्यक यात्राबाट जोगिनु हितकर हुनेछ । व्यवसायिक या कार्यचापले प्रेमी-प्रेमिकासँगको सम्बन्धमा सामान्य चिसोपन देखिन सक्ने योग छ । आयबल र आरोग्यता बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । व्यापारमा पनि सफलता मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढ्नेछ । परिणाममुखी काममा लगानीको समय छ । नचिताएको स्थानबाट धनागमन हुन सक्छ । शरीरमा स्फूर्ति छाउला । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले आफ्ना अभिव्यक्तिलाई नियन्त्रणमा राख्नु हितकर होला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मानसम्मान प्राप्ति होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भाग्यबल बढ्नेछ । शरीरमा उत्साह र उमङ्गको समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक वातावरण चाहिँ अनुकूल नरहन सक्ने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ला । पढाइलेखाइमा प्रगति हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आर्थिक लाभ प्राप्त होला । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ने योग छ । प्रेमभाव वृद्धि होला । कार्यव्यपारमा सफलता प्राप्त हुनेछ । योजना र बजेट बनाएरमात्र कार्य अघि बढाउने प्रयत्न गर्नुहोला । समस्याको समाधान मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएका काम सम्पादन हुनेछन् । परोपकार र धार्मिक क्षेत्रको लगानीले सन्तोष दिलाउनेछ । आजको दिन कसैसंग सामान्य विवाद वा झगडा हुन सक्छ । सवारी साधनको प्रयोगमा विशेष सतर्कता अपनाउनु हितकर हुनेछ । बौद्धिक क्षेत्रको काममा सफलता मिल्नेछ । साहस वृद्धि होला । सुखसुविधाको वस्तु खरिदमा धन खर्च होला । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि प्रतिष्पर्धामा तपाईंकै जित होला । कतै लामो दूरीको यात्रा गर्दैहुनुहुन्छ भने समय उत्तम छ । प्रेमभाव र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता बढ्ला । परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्वसँग सम्बन्ध सुमधुर भइ त्यसबाट विशेष लाभ मिल्ने योग छ । बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल रहला । तर, गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम वृद्धि हुनेछ । आजको दिन नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्नेछन् । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसंगै सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नयाँ जिम्मेवारी हात पर्ने समय छ । आर्थिक पक्ष सबल छ तर स्वास्थ्यमा समस्या देखापर्ने योग छ । परिवारमा पाहुनाको चाप बढ्नाले महत्वपूर्ण समय नाश हुने सम्भावना छ । यसका बाबजुद धन, मान, महत्व बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array