विश्वकपको तयारीमा रहेको नेपालले भारतका दुई टोलीसँग टी २० सिरिज खेल्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ फाल्गुन २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – टी २० विश्वकपको तयारीमा रहेको नेपालको सिनियर क्रिकेट टोलीले भारतीय दुई घरेलु टोलीसँग त्रिकोणात्मक टी२० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार भारतीय घरेलु टोलीका दुई टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि–२० सिरिज खेल्ने जानकारी दिएको हो।
सिरिज गुजरातको वापीमा हुनेछ। सिरिजको पहिलो खेलमा नेपालले मार्च ३१ मा गुजरातसँग खेल्नेछ। दोस्रो खेलमा अप्रिल २ मा बरोडासँग खेल्नेछ। ३ अप्रिलमा गुजरातसँग खेल्नेछ भने सिरिजको अन्तिम खेल ५ अप्रिलमा बरोडासँग नै खेल्नेछ।
सिरिजका शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्। फाइनल खेल ७ अप्रिलमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: