काठमाडौं – पछिल्लो चरणमा सुस्ताएको चार दलीय समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय सचिव जीवनराम श्रेष्ठले आइतबारका लागि बैठक बोलाइएको जानकारी दिए । अहिले मार्चाको संयोजकमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल छन् ।
उनका अनुसार मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजना, मन्त्रीहरूकाे हेरफेरबारे बैठकमा छलफल हुनेछ । बैठक बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्ने तय गरिएको छ । बैठकमा सरकारको कार्यको समीक्षा, मन्त्रिपरिषद पुनर्संरचनाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुनेछ ।
मोर्चामा समाजवादीसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस्