फागुन ०६ गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ फाल्गुन २०८०, आईतवार
6 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

आज मिति वि.सं.२०८० फागुन ०६ गते आईतबार ई.सं.२०२४ फ्रेवरी १८ नेपाल सम्बत ११४४ सिल्लाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल नवमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वैधृति योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६:३९ बजे भयो भने सूर्यास्त साँझ ०५:५६ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन सफलतादायी नै रहला । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । नयाँ काम मिल्ने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । स्वस्थ्यप्रति भने विशेष सतर्कता अपनाउनु हितकर होला । विलासी काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट धन लाभ हुनेछ । आजको दिन चरित्रसम्वन्धी आरोप आउन सक्ने योग रहेकोले विपरीतलिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । आयमूलक काममा आकर्षण बढ्नेछ । रचनात्मक काममा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नु हितदायी होला । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । लेनदेनमा विवाद बढ्ने सम्भावना रहेकोले आर्थिक लेनदेन नगरेकै बेस होला । विगतको श्रमबाट भने लाभ हुनेछ । परिवारजनसँग मतभेदको अवस्था पैदा हुन सक्छ, विवेकपूर्वक व्यवहार गर्नुहोला । आरोग्यता बढ्नेछ । रसरागको भाव जागृत हुने समय छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तथापि, खर्चका बाध्यता धेरै आइपर्ने योग हुनाले योजना र बजेट बनाएर आर्थिक व्यवहार गर्नु हितकर होला । बलभन्दा बुद्धिको काममा जोड दिनुहोला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सामान्य कार्य सम्पन्न गर्न पनि चुनौती खडा हुने समय छ । विश्वासघातको सम्भावना रहेकोले आफ्नो योजना गोप्य राख्नु हितकर होला । विदेश स्थानान्तरको प्रयासमा हुनुहुन्छ भने काम अघि बढ्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर हुनुको साथै प्रेम प्रसङ्गमा रोमाञ्चकता वृद्धि हुनेछ । मित्रजनको साथ मिल्नेछ । रचनात्मक तथा कलात्मक कार्यमा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुने समय भएपनि सोचेको समयमा सम्पादन गर्न चुनौती पैदा हुन सक्छ । आत्मीय जनसँग असमझदारी बढ्ने योग छ । घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ भने पति–पत्नीबीचको सम्वन्ध सुमधुर रहला । निर्णायक क्षमतामा कमी आउने सम्भावना रहेकोले महत्वपूर्ण कार्य हालका लागि थाती राख्नु हितकर होला । आफन्तको साथ प्राप्त हुनेछ । अन्ततः समस्याको समाधान मिल्ने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): स्वास्थ्यसमस्याको योग रहेकोले आजको दिन खानपानमा सजक रहनु हितकर होला । गोपनियतामा विशेष ध्यान दिनुहोला । आमदानीका अवसरहरू प्राप्त हुनेछन् । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । विद्यार्थी वर्गका लागि दिन राम्रो छ । कार्यव्यपारमा सफलता पाप्तिका लागि योजना र बजेट बनाइ काम गर्ने प्रयत्न गर्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन त्यति शुभदायी नरहला । घरेलु समस्याले सताउने, मित्रजन र आफन्तहरुबाट समेत धोका मिल्ने योग छ । तपाईंका कमी-कमजोरीमाथि टिप्पणी होला । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । तथापि, बोलीको भरमा काम सम्पादन हुने समय छ । प्रेमबल वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्नेछ । कृषिक्षेत्रबाट धन आर्जन होला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । मिष्ठान्न भोजनको अवसर प्राप्त होला । नियमित काममा लगनशील बन्न नसक्दा आलोचनाको शिकार बन्ने योग छ । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन मिश्रित फलदायी रहला । रोकिएको कामसमेत बोलीको प्रभावबाट सूचारु गर्न सकिनेछ । मित्रजनको विश्वास जितिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने योग छ । भेटघाटको अलमलले योजना कार्यान्वयन बिथोलिन सक्छ । सन्तान पक्षले प्रशन्नता दिलाउलान् । दायित्वलाई पूरा गर्न चुनौती देखापर्ला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विगतको श्रमबाट धन लाभ हुने समय छ, तथापि आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ महसूस होला । आज निरर्थक यात्रा गर्नुपर्ने योग परेको छ, तर यात्रा टार्न साहे सफल हुनुहुनेछ । प्रेममा खटपटको अवस्था सिर्जना हुन सक्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ, सावधान रहनुहोला । साझेदारीको काम बन्नेछ भने मिठो भोजन प्राप्त होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल तथा सामर्थ्य बढ्नेछ । अरुको विश्वास आज सजिलै जित्न सकिएला । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । स्वास्थ्य भने केही कमजोर रहला । धार्मिक कार्यमा पनि खासै रुचि जाने छैन । आफन्तको साथ कमै मिल्ने योग छ ।

तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्

Array